जोडिनुहोस
  • होमपेज
  • दाउन्नेमा रातभर सवारी बन्द, नारायणघाट–बुटवल सडक विस्तार तीव्र

दाउन्नेमा रातभर सवारी बन्द, नारायणघाट–बुटवल सडक विस्तार तीव्र

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा बन्द गरिने भएको छ।

सडक विस्तार छिटो सम्पन्न गर्न गएदेखि रातको समयमा सडक बन्द गरेर कम गर्न लागिएको हो ।नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार गरिने भएको छ ।गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको भएपनि सो समयमा काम प्रभावकारी ढंगले हुन नसके पछि अब राति सडक बन्द गरेर काम गर्न लागिएको हो ।

नारायणघाट–बुटवल खण्डको ११४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?