जोडिनुहोस
  • होमपेज
  • शिक्षक महासंघको अडान: माग पूरा नभए कक्षा १२ को परीक्षा बहिष्कार गर्ने चेतावनी

शिक्षक महासंघको अडान: माग पूरा नभए कक्षा १२ को परीक्षा बहिष्कार गर्ने चेतावनी

काठमाडौं। चैत २० गतेदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी नहुने घोषणा गरेको छ।

महासंगघले परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आग्रह गरेको छ। साथै, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन जस्ता कार्यमा पनि सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई अपिल गरेको छ।

सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई निर्देशन दिए पनि शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन्।

सोमबार साँझ बसेको महासंघको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आह्वान गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help