जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल

आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः मन साना कुराले अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। आकस्मिक घाटा हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृषः धन प्राप्त हुने योग छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य सुख हुनेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

मिथुनः मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी गर्दा परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

कर्कटः पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंहः साना कुराले मन अशान्त बन्ने छ। परिवारका कारणले निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कन्याः नयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्त र साथीबाट सहयोग मिल्नेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

तुलाः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोलीमा सरस्वतीको बास भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

वृश्चिकः तपाईंको राशिमा उदयमान चन्द्रमा आइपुगेकाले दिन सहज बन्नेछ। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः अनावश्यक खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने योग छ। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले सचेत बनेर काम गर्नुपर्नेछ।

मकरः व्यापारमा नाफा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। मनमा सन्तुष्टि प्राप्त हुनेछ। सप्तव भावमा शुभग्रह बसेकाले दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भः काम सहजै बन्नेछ। साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीनः बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। गठ सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия