जोडिनुहोस
  • होमपेज
  • रातो मच्छिन्द्रनाथको भोटो जेठ १८ गते देखाइने

रातो मच्छिन्द्रनाथको भोटो जेठ १८ गते देखाइने

ललितपुर। ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ। मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षणका रूपमा लिइन्छ।

रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ। लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकोले आज मंगलबजारको सोह्रखुट्टेमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए।

रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्राको साइत जुरेको हो।

वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV