जोडिनुहोस
  • होमपेज
  • दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षा पछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् ।

राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नु परेको बताउनु भएको छ ।

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटर भन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको जनाइएको छ ।

बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ ।

बाढी र पहिरोबाट माथाथा सहर सबै भन्दा बढी प्रभावित थियो जुन रंगभेद विरोधी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै छ ।

राति पानी घर भित्र पसेपछि घर भित्र फसका शवको बरामद तथा जिवितहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् ।

मृतकमध्ये कम्तीमा छ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ ।

शनिबार रुखमा टाँसिएर बसेका तिन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

हरित जलवायु कोषका अनुसार दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14