जोडिनुहोस
  • होमपेज
  • आन्दोलनमा ध्वस्त डेढ दर्जन मालपोत–नापी कार्यालय, डिजिटाइजेसनले जोगायो पुरानो अभिलेख

आन्दोलनमा ध्वस्त डेढ दर्जन मालपोत–नापी कार्यालय, डिजिटाइजेसनले जोगायो पुरानो अभिलेख

काठमाडौं । भदौ २४ गतेको जेन–जी आन्दोलनले देशभरका मालपोत र नापी कार्यालयलाई ठूलो क्षति पुर्‍याएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार हालसम्म ९ वटा कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १२ वटा कार्यालय आंशिक क्षतिग्रस्त भएका छन्।

पूर्ण रूपमा नष्ट हुनेमा दाङको घोराही र तुल्सीपुर, कास्कीको पोखरा, चितवनको भरतपुर र खैरहनी, बाँकेको नेपालगञ्ज र डडेल्धुरा कार्यालय प्रमुख छन्। आंशिक क्षतिग्रस्त कार्यालयमा काठमाडौंको कलंकी, विराटनगर र अन्य जिल्लाका भवनहरू पर्छन्।

डिजिटाइजेसनको महत्व

भवन र ढड्डा जले पनि करिब ६० वर्षअघिदेखि सङ्ग्रहित स्रेस्ता तथा अभिलेख डिजिटल प्रणालीमा सुरक्षित रहेको विभागले जनाएको छ। प्रवक्ता खिमानन्द आचार्यका अनुसार, “कागजका फाइल हराए पनि डिजिटल ब्याकअप भएकाले कुनै तथ्यांक हराएको छैन, तर सेवा प्रवाह तत्कालै सहज भने हुँदैन।”

नापी कार्यालयतर्फ धेरैजसो अभिलेख पहिले नै केन्द्रीय प्रणाली ९ीच्क्ष्ःक् र ल्भ्ीक्ष्क्० मा जोडिएकाले तथ्यांक पुनःप्राप्तिमा समस्या हुने अवस्था छैन।

तत्काल सेवा अवरुद्ध

पूर्ण क्षति भएका कार्यालय तत्काल सञ्चालनमा आउन नसक्ने विभागको भनाइ छ। त्यहाँ कम्प्युटर, बायोमेट्रिक मेसिनदेखि सबै पूर्वाधार जलेका कारण नयाँ संरचना निर्माण नगरेसम्म सेवा सुचारु गर्न कठिन हुने देखिन्छ। तर आंशिक क्षतिग्रस्त कार्यालयहरूमा आइतबारदेखि नै काम थालिएको छ।

लगनखेल र चारखालस्थित कार्यालयहरूमा सेवाग्राहीको भीड बाक्लो देखिएको छ। लामो समयदेखि रोकिएको काम एकैपटक सुरु हुँदा सामान्य भन्दा बढी चाप बढेको कार्यालयका अधिकारीहरूले बताएका छन्।

नेपालमा वैज्ञानिक ढङ्गले नापीको शुरुवात २०२० सालदेखि भएको हो। त्यतिबेलादेखिका कागजी ढड्डा अहिलेको आन्दोलनमा जलेर नष्ट भए पनि डिजिटल प्रतिलिपि सुरक्षित भएकाले इतिहास नहराएको विभागले जनाएको छ।

नापी कार्यालयमार्फत जग्गा नाप, कित्ताकाट, सीमाना निर्धारणदेखि भू–उपयोग नक्सा र प्रशासनिक नक्सासम्मका सेवा अब डिजिटल प्रणालीबाटै जारी रहनेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries