जोडिनुहोस
  • होमपेज
  • जेन–जी’ विवादमा एमाले नेता बस्नेतको आक्रोश : सुदन गुरुङलाई विदेशी दलालको आरोप

जेन–जी’ विवादमा एमाले नेता बस्नेतको आक्रोश : सुदन गुरुङलाई विदेशी दलालको आरोप

काठमाडौं । जेन–जी आन्दोलनको नेतृत्व गरेको दाबी गर्दै सार्वजनिक भइरहेका ‘हामी नेपाल’ नामक संस्थासँग आवद्ध सुदन गुरुङमाथि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले तीब्र आक्रमण गरेका छन् । बस्नेतले सामाजिक सञ्जालमार्फत गुरुङलाई विदेशी दलाल भन्दै आन्दोलनमा बाहिरी स्वार्थ र पैसाको खेल भित्र्याएको आरोप लगाएका छन् । उनले आन्दोलनमा मिनरल वाटर बाँड्नु पनि ‘मिशन प्रेरित व्यापारिक शैली’ भएको टिप्पणी गरेका छन् ।

त्यसैगरी, नेत्रहीन चिकित्सक सन्दुक रुइतजस्ता इमानदार व्यक्तिलाई बदनाम गरेको भन्दै बस्नेतले गुरुङको आलोचना गरेका छन् । बस्नेतको भनाइअनुसार, गुरुङले दलका नेताहरुलाई घरमै थुन्ने धम्की दिएपछि आफू बाध्य भएर सार्वजनिक रूपमा प्रतिवाद गर्नुपरेको हो ।

बस्नेतले आफ्नो पोस्टमा लेखेका छन् :
“यो केटो त ठूलो–ठूलो कुरा गरेर दलका नेतालाई घरमै थुन्ने धम्की दिन थालेछ । ओरिजिनल बाउको छोरा हस् भने, आमाको दूध खाको छस् भने गरेर देखाऊ । दलका नेता थुन्ने त के हाम्रो पछाडि लागेर झिँगा धपाउने हैसियत पनि छैन, बाबु तिम्रो ।”

गुरुङ र बस्नेतबीचको सामाजिक सञ्जालमै चलेको यो वाकयुद्धले जेन–जी आन्दोलनलाई ‘सार्वजनिक आन्दोलन कि व्यक्तिगत स्वार्थको रंगमञ्च ?’ भन्ने बहस फेरि चर्काएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका