जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्री खनाललाई भेटेर शालिकरामको आक्रोश : “पहिला सचिव फेर्नुस्”

अर्थमन्त्री खनाललाई भेटेर शालिकरामको आक्रोश : “पहिला सचिव फेर्नुस्”

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार पदभार ग्रहण गरेलगत्तै बजेट व्यवस्थापन र टुक्रे आयोजना कटौती गर्ने निर्णय सार्वजनिक गरेका छन् । शीतलनिवासमा शपथ लिएपछि मन्त्रालय पुगेका खनालले कर्मचारी र सञ्चारकर्मीबीच परिचयात्मक कार्यक्रमसमेत राखेका थिए ।

यही कार्यक्रममा पर्वतका शालिकराम पौडेल नामका नागरिकले अर्थमन्त्रीसँग प्रत्यक्ष प्रश्न उठाएका थिए । खनालले आफ्ना प्राथमिकता प्रस्तुत गरेपछि अघि बढेका पौडेलले अर्थसचिव घनश्याम उपाध्यायमाथि आक्षेप गर्दै भने, “७७ जिल्लाको सट्टा ७ जिल्लाको मात्रै बजेट ल्याउने मान्छे अहिले पनि सचिव बसेर कस्तो काम हुन्छ ? पहिला उहाँलाई फेर्नुपर्छ ।”

उनलाई सुरक्षाकर्मीले रोक्न खोजे पनि पौडेलले आक्रोश झिक्दै भने, “हामी आन्दोलन गरेर आएका हौं, त्यसैले तपाईं मन्त्री हुनुभएको हो । हाम्रो पनि कुरा सुनिनुपर्छ ।” अर्थमन्त्री खनालले घटनालाई शान्त पार्दै पौडेलसँग हात मिलाए र निर्णय गर्ने अधिकारबारे ‘पछि हेरौँला’ भन्ने जवाफ दिए । पौडेलले आफ्नो नाम शालिकराम पौडेल, पर्वत भनेर खुलाउँदै कार्यक्रम स्थल छाडेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका