जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १0 मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २0 मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते

जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते

म्याग्दी। जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

विद्युत् सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91