जोडिनुहोस
  • होमपेज
  • २५ करोडसम्म पुँजी भएका कम्पनीले पनि आईपीओ जारी गर्न पाउने

२५ करोडसम्म पुँजी भएका कम्पनीले पनि आईपीओ जारी गर्न पाउने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ ।

जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् ।

नियमावली आज बिहीबारबाट लागू हुने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार साना कम्पनीहरूको लागि छुटै कारोबार गर्ने माध्यम हुने बताए ।

‘साना कम्पनीहरूले आईपीओ निष्कासन गर्ने छुट्टै व्यवस्था ल्याइएको हो’, प्रवक्ता घिमिरेले भने, ‘त्यसको लागि छुटै माध्यममा पनि ल्याउनुपर्ने हुन्छ ।’

ऐनले व्यवस्था गरे अनुसार न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

 हेर्नुहोस् नियमावलीको पूर्णपाठ 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help