जोडिनुहोस
  • होमपेज
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लङ्घन गरेको आरोपमा दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ। विभागले ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि र काठमाडौँस्थित पशुपति ट्रेडिङ कन्सर्नलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए।

महानिर्देशक दहालका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको छ। उक्त कम्पनीका सामग्रीमा तौलमा कैफियत देखिएकाले देशभर नै कारोबार रोक्का गर्न निर्देशन दिइएको छ।

यसैगरी, विभागले दुवै व्यवसायी कम्पनीलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले बजार अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

सरकारले बजारमा बिक्री हुने सबै सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ। एमआरपी बिना सामग्री बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने अभियान विभागले सुरु गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका