जोडिनुहोस
  • होमपेज
  • डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जिनेभा। कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।

सङ्गठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ ।

“यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्वपूर्ण कोसेढुङ्गा हो, डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए ।

कोभिड–१९ ले लाखौँं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा लगाएतका विषयहरू वार्तामा समावेश थिए ।

सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो ।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия