जोडिनुहोस
  • होमपेज
  • एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश भएका छन् । बैतडीको कुवाकोटका कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् ।

सशस्त्र द्वन्द्वकालीन अवस्थादेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजनपछि एमालेमा लागेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा स्वागत गरेका थिए । कुँवरलाई माओवादी केन्द्रका बैतडी इञ्चार्ज नरेन्द्र कुँवरले पुनर्मिलनका निम्ति सहजीकरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका