जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • बागलुङ दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढा मगरको मृत्यु

बागलुङ दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढा मगरको मृत्यु

बागलुङमा बोलेरो जिप दुर्घटनामा परी रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ। अन्य थप दुई जना मृतकको भने परिचय खुलेको छैन।

बागलुङको गलकोट गाउँपालिका–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा बुढामगरलगायत चढेको रा १ झ २०० नम्बरको सरकारकी गाडी दुर्घटना भएको थियो। दुर्घटनामा अन्य एक महिला र पुरुषको मृत्यु भएको भए पनि शनाखत हुन बाँकी रहेको छ।

एक जना घइते पुरुषको भने उद्धार गरेर धौलागिरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी इन्स्पेक्टर प्रताप पौडेलले जानकारी दिए।

गाडी कतिबेला दुर्घटना परेको भन्ने खुलेको छैन। राती दुर्घटनामा परेको र शुक्रबार (आज)बिहान मात्र स्थानीयले भीरमा शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ८ बजेपछि खबर पाएको थियो। जिप भीरबाट ३०० मिटर तल खसेको छ।