
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार विमान भैरहवा विमानस्थलबाट उडेको छ । उनलाई काठमाडौंबाट ल्याइँदै छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेर उनलाई ललितपुरस्थित नक्खु कारागार लगिनेछ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको हो ।





































