जोडिनुहोस
  • होमपेज
  • निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

संसदीय समितिले निजामती विधेयकमाथि छलफल अघि बढाउँदैछ । संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल गर्ने गरी बैठक राखेको छ । बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाउन लागेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका