जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कब्जामा लिएको अमेरिकी कम्पनी सेनालाई खाना खुवाउन प्रयोग गर्ने रुसको योजना

कब्जामा लिएको अमेरिकी कम्पनी सेनालाई खाना खुवाउन प्रयोग गर्ने रुसको योजना

रुसले आफूले कब्जामा लिएको अमेरिकी स्वामित्वको कम्पनी आफ्ना सेनालाई खाना खुवाउन प्रयोग गर्ने योजना बनाएको छ । रुसले कब्जा गरेर र राज्य नियन्त्रणमा राखेको अमेरिकी स्वामित्वको कम्पनीलाई आफ्ना सेनालाई खाना आपूर्ति गर्न प्रयोग गर्ने योजनाहरू अघि बढाइरहेको रोयटर्सको प्रतिवेदनले देखाएको छ । यसले अमेरिकासँग रुसको न्यानो सम्बन्धलाई सम्भावित रूपमा खतरामा पार्ने खबरमा उल्लेख छ ।

युक्रेनमा युद्ध रोक्न अमेरिका र रुसले वार्ता गरिरहेका बेला अक्टोबरमा जफत गरिएको र राज्य नियन्त्रणमा लिइएको अमेरिकी स्वामित्वको कम्पनी ‘ग्लाभप्रोडक्ट’ विवादमा परेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई समाधान गर्नु अमेरिका–रुस सम्बन्धलाई पुनर्स्थापित गर्ने वार्ताको एक हिस्सा हुने बताउनुभएको छ ।

रुसी राष्ट्रिय गार्ड र रक्षा मन्त्रालयलाई भविष्यमा आपूर्ति गर्नेलगायत स्थिर उत्पादन सुनिश्चित गर्न अमेरिकी कम्पनीको जफत आवश्यक रहेको रोयटर्सको खबरमा उल्लेख छ । डिब्बामा बन्द खाना बनाउने कम्पनी ग्लाभप्रोडक्ट अहिले रुसको सङ्घीय सम्पत्ति व्यवस्थापन एजेन्सी रोसिमुश्चेस्टभोको नियन्त्रणमा छ ।

रुसी अभियोजकहरूले लियोनिद स्मिर्नोभ र उनको नियन्त्रणमा रहेका कम्पनीहरूले सन् २०२२ देखि २०२४ सम्म झन्डै १७ मिलियन अमेरिकी डलर रुसबाट बाहिर सारेको आरोप लगाएका छन् । गएको मार्च १२ मा अभियोजकको कार्यालयको अनुरोधमा मस्को मध्यस्थता अदालतले ग्लाभप्रोडक्टको सम्पत्ति जफत गरेको थियो ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?