जोडिनुहोस
  • होमपेज
  • शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै डेढ महिनापछि १० अर्ब रुपैयाँको कारोबार

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै डेढ महिनापछि १० अर्ब रुपैयाँको कारोबार

शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर र बोटलर्स नेपाल (बालाज) कम्पनीको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो । यसअघि गएको फागुन २१ गते १० अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV