जोडिनुहोस
  • होमपेज
  • संसद् अवरोध अन्त्यको प्रयासमा सभामुखद्वारा प्रमुख दलहरूसँग छलफल, स्कार्फ प्रकरणमा पनि ध्यानाकर्षण

संसद् अवरोध अन्त्यको प्रयासमा सभामुखद्वारा प्रमुख दलहरूसँग छलफल, स्कार्फ प्रकरणमा पनि ध्यानाकर्षण

काठमाडौँ। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले अवरोध अन्त्यको उपाय खोज्दै बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।

यसअघि सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपाका प्रमुख सचेतक परियारसँग छुट्टाछुट्टै छलफल गरिसकेका थिए।

यसैबीच, केही सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा प्रवेश गरेकोप्रति सभामुखको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले संसदमा मर्यादाविपरीत गतिविधि बढ्दो रहेको भन्दै यस्ता क्रियाकलाप नियन्त्रण गर्न आग्रह गरेका हुन्।

सभामुख घिमिरेले संसदीय मर्यादाको रक्षा गर्नु सांसद र राजनीतिक दलहरूको नैतिक कर्तव्य भएको उल्लेख गर्दै आफू स्वनियमनको पक्षमा रहेको स्पष्ट पारे। “संसद्को गरिमा जोगाउन सबैले आआफ्नो भूमिका मर्यादित तरिकाले निर्वाह गर्नुपर्छ,” सभामुखले भने।

धेरै टिप्पणी गरिएका