जोडिनुहोस
  • होमपेज
  • जेन-जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

जेन-जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौँ । जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

बुधवार सिंहदरबारसहित सरकारी कार्यालय, कूटनीतिक नियोगहरूमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो ।

सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरूमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजनिक बिदा समेत दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका