जोडिनुहोस
  • होमपेज
  • दलीय मन्त्रीमण्डल बनाउने राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँ: प्रधानमन्त्री कार्की

दलीय मन्त्रीमण्डल बनाउने राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँ: प्रधानमन्त्री कार्की

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले हरेक राजनीतिक दलबाट एक-एक सदस्य राखेर मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्ताव आफूले अस्वीकार गरेको खुलासा गरेकी छिन्।

बीबीसी नेपालीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले वृहत मन्त्रिपरिषद् बनाउन राष्ट्रपतिले दिएको सुझाव अस्वीकार गर्दै आफूले राजनीतिमा नलागेको स्वतन्त्र व्यक्तिहरूलाई मन्त्री बनाउने धारणा राखेको बताइन्।

उनले एक-दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जानकारी दिँदै पीएचडी गरेका दलित, सचिव, जनजाति तथा ख्यातिप्राप्त पाइलटजस्ता व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नेबारे छलफल भइरहेको पनि जानकारी दिएकी छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate