जोडिनुहोस
  • होमपेज
  • भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण महोत्सव–२०८२ आयोजना हुँदै

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण महोत्सव–२०८२ आयोजना हुँदै

काठमाडौँ । राष्ट्रिय घर निर्माण महोत्सव–२०८२ आगामी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। स्किल सेवा प्रालिको आयोजनामा हुने महोत्सवमा शिवम् सिमेन्ट लिमिटेड मुख्य सहयोगीका रूपमा सहभागी रहनेछ।

घर निर्माण, परामर्श तथा प्रविधिमैत्री यस राष्ट्रियस्तरको महोत्सवमा निर्माण व्यवसायी, इन्जिनियर, वास्तुविद्, आपूर्तिकर्ता, विद्यार्थी तथा सर्वसाधारण नागरिकको सहभागिता रहने आयोजकले जनाएको छ। महोत्सवमा आधुनिक घर निर्माणसँग सम्बन्धित सीप, सामग्री, प्रविधि र समाधान एकै स्थानमा प्रस्तुत गरिनेछ।

महोत्सव सर्वसाधारणका लागि निःशुल्क प्रवेशयोग्य रहनेछ। विशेष आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो इँटाको प्रदर्शनी राखिने जानकारी दिइएको छ। यसले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचान अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास आयोजकले लिएको छ।

उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्टले राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार निर्माणमा निरन्तर योगदान दिँदै आएको छ। गुणस्तरीय, सुरक्षित र दिगो निर्माणप्रति जनचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

धेरै टिप्पणी गरिएका