जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार मुद्दा लाग्दा पनि आफैं कार्यक्रम उद्घान गर्न खोज्दै बस्नेत, पालिका अध्यक्षको चेतावनी

भ्रष्टाचार मुद्दा लाग्दा पनि आफैं कार्यक्रम उद्घान गर्न खोज्दै बस्नेत, पालिका अध्यक्षको चेतावनी

टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै पूर्वमन्त्री एवं सिन्धुपाल्चोक–२ का कांग्रेस सांसद मोहनबहादुर बस्नेत अहिले निलम्बनमा छन्। तर, यही बेला सिन्धुपाल्चोकमा प्रमुख अतिथि बनेर स्वास्थ्य चौकीदेखि खानेपानी उद्घाटनको कार्यक्रममा जाने तयारी भएपछि उनको आलोचना सुरू भएको छ ।

सुनकोशी गाउँपालिका–२ ठोकर्पामा बनेको भएको स्वास्थ्य चौकी भवन उद्घाटनको तयारीसहित प्रचारप्रसार थालिएपछि गाउँपालिकाले विज्ञप्ति नै निकालेर सबैलाई सतर्क गराएको छ । अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले विज्ञप्ति नै निकालेर पालिकाको अनुमतिबेगर भवन उद्घाटन नगर्न–नगराउन चेतावनी दिएका छन् ।

गाउँपालिकाको अनुमतिविना जबर्जस्ती उद्घाटन गरिए कानूनी, प्रशासनिक जटिलताको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने पालिकाले चेतावनीसमेत दिएको छ ।

पालिकाले मात्र होइन नेकपा एमाले र माओवादी केन्द्रको गाउँपालिका कमिटीले पनि संयुक्त विज्ञप्ति निकालेर बस्नेतबाट भवन उद्घाटन गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

गाउँपालिका र प्रमुख दलहरूको असहमति हुँदा हुँदै आउन खोज्नु बस्नेतको उद्घाटन मोह भएको माओवादी केन्द्र सुनकोशीका अध्यक्ष मिम योञ्जनले टिप्पणी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help