जोडिनुहोस
  • होमपेज
  • आज ९० अर्ब तान्दै राष्ट्र बैंक

आज ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ९० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् असोज २ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाल गर्न सकिनेछ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका