
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।
८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको भएपनि मतदान प्रक्रिया निकै लामो भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदान सकिएको तीन घण्टामै नतिजा सार्बजनिक गर्ने बताएको छ ।



































