जोडिनुहोस
  • होमपेज
  • एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट दुईजना मात्रै पदाधिकारी विजयी भएका छन् ।

एमालेका १९ पदाधिकारीका लागि भएको चुनावमा पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

उता महासचिवमा ओलीका निकट सहयोगी शंकर पोखरेल विजयी भए । सचिवतर्फ सबै नौजना ओली प्यानलका विजयी भएका छन् ।

सचिवमा विजयीहरू

१. महेश बस्नेत – १५४४
२. पद्मा कुमारी अर्याल – १५३०
३. शेरधन राई – १५३०
४. छविलाल विश्वकर्मा – १५०६
५. हिक्मत कुमार कार्की – १३३७
६. खगराज अधिकारी – १३३१
७. यामलाल कँडेल – ११८५
८. राजन भट्टराई – ११८१
९. भानुभक्त ढकाल – ११०८

प्रचलन खबर

धेरै टिप्पणी गरिएका