
एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गरे ।
महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा दोस्रो कार्यकालको लागि विजयी भएका हुन्। पाण्डेले ९९९ मत पाएका छन्। यस्तै सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।
९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।
यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् ।
यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ रहेका छन् ।
यस्तै महाधिवेशनमा ईश्वर पोखरेलको प्यालनबाट २ जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन्।
उपाध्यक्षमा गोकर्णराज विष्ट बिजयी भएका छन्। उनले १३६८ मत ल्याउँदै उपाध्यक्षहरुमा तेस्रो स्थान हासिल गरेका छन्।
त्यस्तै उपमहासचिवमा पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका छन्। उनले १३४८ ल्याएर उपमहासचिवमा तेस्रो स्थान हासिल गरे।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
ओली प्यानलबाट उपमहासचिवमा लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ मत ल्याएर विजयी भए ।



































