जोडिनुहोस
  • होमपेज
  • सभापति देउवा कोहीसँग पनि रिभेन्ज नलिने एक असल नेता हुन् : सुनिल शर्मा

सभापति देउवा कोहीसँग पनि रिभेन्ज नलिने एक असल नेता हुन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केएमसी अस्पतालका संस्थापक डा.सुनिल शर्माले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको खुलेर प्रशंसा गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा नेता शर्माले सभापति देउवा सभ्यता, उच्च संस्कार र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै उहाँको आचरणमा कहिल्यै पनि प्रतिशोध (रिभेन्ज) को भावना नरहेको स्पष्ट पारे। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा.शर्माले पछिल्लो चरणमा विभिन्न संचारमाध्यमबाट आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । सभापति देउवा नभएको भए आफू यो क्षेत्रमा नहुने भन्दै उनले देउवाको प्रशंसा गरे ।

अन्तर्वार्तामा शर्माले गत भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति आपत्ति जनाउँदै ती घटनामा सभापति देउवा र उनकी धर्मपत्नी आरजु देउवामाथि लक्षित गतिविधि निन्दनीय रहेको बताए। उनले देशको लोकतान्त्रिक अभ्यासमा दशकौँ बिताएका एक अनुभवी नेतामाथि गरिएको यस्तो व्यवहारले राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउने धारणा व्यक्त गरे।

नेता शर्माले सभापति देउवाले सधैँ सहमति, संवाद र सहकार्यको राजनीति गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत आक्रमण वा अपमानको जवाफ प्रतिशोधबाट नभई धैर्य र सहिष्णुताबाट दिने नेताको रूपमा चित्रण गरे। “सभापति देउवा कहिल्यै पनि बदला लिने सोचमा हुनुहुन्न, उहाँ सधैँ लोकतान्त्रिक मूल्य र मर्यादामा अडिग रहनुहुन्छ,” शर्माले भने। उनले राजनीतिक असहमतिलाई हिंसा र अवाञ्छित गतिविधिबाट होइन, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help