जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना महिलामाथि गोली प्रहार

रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना महिलामाथि गोली प्रहार

रुपन्देहीको बुटवल बुद्धनगरमा एक जना माहिलामाथि गोली प्रहार भएको छ । बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीलाई नचिनेका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली लागेर घाइते क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । पाल्पाको रैनादेवी छहरा घर भएकी क्षेत्रीले बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आउनुभएको छ ।

बिहान साढे ९ बजेतिर मोटरसाइकलमा आएका युवाले गोली चलाएर फरार भएका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका