जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • सांसद मेटमणि चौधरीविरुद्ध ५ करोडको चेक अनादरमा बैंकिङ कसुरमा जाहेरी

सांसद मेटमणि चौधरीविरुद्ध ५ करोडको चेक अनादरमा बैंकिङ कसुरमा जाहेरी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको छ।

जाहेरी दर्तासँगै प्रहरीले चौधरीमाथि मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध पाँच करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादरको आरोपमा मुद्दाको प्रक्रिया अगाडि बढाइएको हो।

चौधरी प्रतिनिधिसभामा दाङ–१ क्षेत्रबाट निर्वाचित सांसद हुन्।प्रहरीले चौधरीविरुद्ध बैंकिङ कसुर वा ठगीमध्ये कुन मुद्दा चलाउने भन्ने विषयमा कानुनी परामर्श सुरु गरेको जनाएको छ। उजुरीबारे थप छानबिनपछि मात्र औपचारिक रूपमा मुद्दा दर्ता गरिने प्रहरी स्रोतले बताएको छ।

उजुरी कसले दिएको हो भन्नेबारेमा भने प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV