जोडिनुहोस
  • होमपेज
  • कांग्रेस र एमाले दुवैले बोलाए आकस्मिक बैठक

कांग्रेस र एमाले दुवैले बोलाए आकस्मिक बैठक

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले दुबै आकस्मिक बैठकमा जुटेका छन् ।

नेपाली कांग्रेसले आज   बिहान दश बजेबाट दिउँसो २ बजेका लागि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एक सांसदका अनुसार बैठकमा उपसभामुखसम्बन्धी विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।

यस्तै, नेकपा एमालेले पनि आफ्ना सांसदलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । संसदीय दलको कार्यालयमार्फत फोन गरेर सांसदहरूलाई उपस्थित हुन भनिएको एक सांसदले जानकारी दिए ।

सत्तापक्षले रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरिरहेको बेला प्रमुख दलहरूको आकस्मिक बैठकलाई राजनीतिक रूपमा महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Spinbara Casino Review: Is It Worth Your Time?