जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा सुरक्षा कडा : निषेधित क्षेत्र पार नगर्न प्रहरीको चेतावनी

काठमाडौंमा सुरक्षा कडा : निषेधित क्षेत्र पार नगर्न प्रहरीको चेतावनी

काठमाडौं । राप्रपाले आयोजना गर्न लागेको आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

सिंहदरबार, संसद भवन, माइतीघर, बालुवाटार र शीतल निवासलगायत क्षेत्रमा सुरक्षा सतर्कता तीव्र बनाइएको छ। काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी टेक तामाङले सुरक्षा रणनीति तयार गरिएको र आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए।

उनले भने, हामी प्रदर्शनलाई शान्तिपूर्ण राख्न चाहन्छौं, तर निषेधित क्षेत्र तोड्न दिँदैनौं। यदि प्रयास भयो भने बल प्रयोग गर्न सकिन्छ ।

राप्रपाले आज बिहान ११ बजे बिजुलीबजारबाट राजसंस्था पुनःस्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै प्रदर्शन गर्दैछ। अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन सरकारको निरंकुशताको विरोधमा प्रतीकात्मक र शान्तिपूर्ण हुने बताएका छन्। उनले सरकारलाई प्रदर्शनबाट नडराउन आग्रह पनि गरेका छन्।

यसअघि गृह मन्त्रालयले निषेधित क्षेत्र पार गर्ने प्रयास भए कानुनी कारबाही हुने चेतावनी दिइसकेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका