जोडिनुहोस
  • होमपेज
  • तिम्ल्याहा शिशु जन्माएकी हीरालाई मोलुङ गाउँपालिकाबाट ५० हजार सहयोग

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई मोलुङ गाउँपालिकाबाट ५० हजार सहयोग

ओखलढुङ्गा। ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको छ।

गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तिम्ल्याहा शिशुको जन्म दिएका तामाङलाई पोषणयुक्त आहारको सुनिश्चितता र आवश्यक राहतस्वरूप यो सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले जानकारी दिए।

“नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भन्ने उद्देश्यले तत्काल राहतस्वरूप यो सहयोग गरिएको हो,” अध्यक्ष राईले बताए।

गाउँपालिकाले आमा र नवजात शिशुहरूको स्वास्थ्य परीक्षण, स्याहार तथा पोषण अवस्थाको निगरानी गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्य चौकीलाई विशेष निर्देशनसमेत दिएको छ। हाल आमा र तीनै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?