जोडिनुहोस
  • होमपेज
  • बाढी-पहिरोले १३ राजमार्ग अवरुद्ध (सूचीसहित)

बाढी-पहिरोले १३ राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाण्डु- वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध भएका छन्।

पाँच प्रदेशका विभिन्न जिल्लामा कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको छ। गृह मन्त्रालयका अनुसार, केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्।

अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग र दाङ सल्यान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help