जोडिनुहोस
  • होमपेज
  • रास्वपा र राप्रपाका सांसदहरूले गरे सदन बहिस्कार

रास्वपा र राप्रपाका सांसदहरूले गरे सदन बहिस्कार

काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै नाराबाजी र वेल घेराउ गर्दै बैठकबाट बाहिरिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको अबरोध पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।

आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहे पनि प्रतिपक्षी दलले अबरोध गरे पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुचीवाट हटाइएको हो ।

‘बिशेष कारणवस आज निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुची हटाइएको छु,’ सभामुख देवराज घिमिरले भने ।

धेरै टिप्पणी गरिएका