जोडिनुहोस
  • होमपेज
  • रोशी खोलामा फसेका ५ जनाको उद्धार

रोशी खोलामा फसेका ५ जनाको उद्धार

गएरातिको वर्षाका कारण आएको रोशी खोलाको बाढीमा फसेका पाँच जना व्यक्तिको उद्धार भएको छ । नमोबुद्ध नगरपालिका–५, लासकोटमा रोशी खोलामा गएराति पानीको बहाव एक्कासी बढेपछि एस्काभेटर र टिपरसहित पाँच जना व्यक्ति खोलाको बिचमा फसेका थिए । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानीय निर्माण कार्यका लागि खोलामा गएका बेला बाढी आएपछि उनीहरू फसेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीमा फसेका ठेकेदार काभ्रे, तेमाल गाउँपालिका–५ का ४२ वर्षका सञ्जय लामा, एस्काभेटर चालक दोलखा भीमेश्वर नगरपालिका–९ का २९ वर्ष समिर तामाङ, टिपर चालक तेमाल गाउँपालिका–९ का ३२ वर्षका रेमन तामाङ, टिपर सहचालक नमोबुद्ध नगरपालिका–५ का १९ वर्षका मुस्कान तामाङ र लेबर काम गर्ने ओखलढुङ्गा दुधकोशी गाउँपालिका–४ का २१ वर्षका सागर राईको उद्धार गरिएको हो । मानिसको उद्धार भए पनि एस्काभेटर र टिपर खोलामै अड्किएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Casino Online & Promocode