
लुम्बिनी— नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान् बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा स्थलको रुपमा परिचित लुम्बिनीमा बृहत् योग प्रदर्शनको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती र नेपालका माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। भगवान् बुद्धको पवित्र जन्मभूमिमा यस महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा र भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गरेकोमा वहाँहरुले भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे। उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै यस क्षेत्रका ५०० भन्दा बढी योगमा अभिरुची राख्नेहरुले सहभागिता जनाएका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा उत्पत्ति भएको एउटा प्राचीन अभ्यासको रुपमा रहेको योग सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि एक विश्वव्यापी आन्दोलनका रूपमा विकसित भएको कुरामा जोड दिए। उनले शान्ति र सद्भावको प्रतीकको रूपमा व्यापक रूपमा परिचित लुम्बिनी योगका कालातीत मूल्यमान्यताहरू मनाउनका लागि साँच्चै नै उपयुक्त स्थल भएको बताए ।

यो कार्यक्रम भारतीय राजदूतावासले नेपालका विभिन्न शहरहरूमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन आयोजना गरिरहेको कार्यक्रमहरूको श्रृंखलाको एक हिस्सा थियो ।





































