जोडिनुहोस
  • होमपेज
  • महँगियो हवाई भाडा, विमान कम्पनीले बेच्न थाले अधिकतम मूल्यमा टिकट

महँगियो हवाई भाडा, विमान कम्पनीले बेच्न थाले अधिकतम मूल्यमा टिकट

काठमाडौँ : बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ। वायुसेवा प्रदायकहरूले न्यूनतम मूल्यमा हवाई टिकट बेच्न छोडेका छन्। विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।

आज धनगढीका लागि कुनै उडान छैन। भोलि र पर्सी १६ हजारभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। मंगलबार भने न्यूनतम १२ हजार रुपैयाँ टिकट मूल्य अनलाइन टिकट बिक्री गर्ने प्लेटफर्मले देखाएका छन्। दशैँमा काठमाडौँबाट धनगढी जाने यात्रुको संख्या धेरै हुने भएकाने टिकट अचाक्ली महँगो भएको हो। यता, धनगढीबाट काठमाडौं आउन भने सात हजार आसपासमै टिकट पाइन्छ।

शनिबार धनगढीबाट काठमाडौं आउन ६ हजार ९०० रुपैयाँमा टिकट पाउन सकिन्छ। सम्पन्न वर्गले मात्र हवाई यात्रा गर्नसक्ने अवस्था आउँदा बिरामी लगायत अत्यावश्यक कामका लागि ओहोरदोहोर गर्ने सर्वसाधारले मारमा परेको गुनासो गरेका छन्। धनगढी मात्र होइन काठमाडौंबाट सुर्खेत सामान्य अवस्थामा साढे सात हजार रुपैयाँमा पुग्न सकिन्थ्यो। अहिले भने १० हजार रुपैयाँभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। काठमाडौँदेखि भद्रपुरको भाडा सात हजार आसपास पुगेको छ। जबकी भद्रपुरबाट काठमाडौं पाँच हजार ७०० रुपैयाँमै आउन सकिन्छ।

काठमाडौं–नेपालगञ्ज रुटमा पनि दुईदेखि तीन हजारसम्म टिकट मूल्य बढेको छ। पाँच हजार चार सयै काठमाडौं आउन सकिने भए पनि नेपालगञ्ज जान भने आठ हजार ३०० रुपैयाँसम्म तिर्नुपर्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका