जोडिनुहोस
  • होमपेज
  • आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए

आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए

बीस दिनदेखि आन्दोलित शिक्षकहरूले घुसपैठ गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएका छन् । सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

शिक्षकहरूविरुद्ध नाराबाजी र अभिव्यक्ति दिँदै हिँडिरहेका ती पुरूषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । उनले निजी विद्यालयमा पहुँच भएका शिक्षकहरूले सरकारी विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएको आरोप लगाएका थिए ।

त्यसपछि उनलाई केही शिक्षकहरूले धकेल्दै हातपात प्रयास पनि गरे । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका