जोडिनुहोस
  • होमपेज
  • तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ

तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ

चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराका अनुसार झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेका हुन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ दुर्गा थापा नेतृत्वको आन्दोलनमा सहभागी थिए ।

यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुग्यो । जसमा ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका