जोडिनुहोस
  • होमपेज
  • घुस प्रकरणः निवर्तमान मन्त्री राजकुमार गुप्तालाई अख्तियारको सोधपुछ, आवाज परीक्षणको तयारीमा

घुस प्रकरणः निवर्तमान मन्त्री राजकुमार गुप्तालाई अख्तियारको सोधपुछ, आवाज परीक्षणको तयारीमा

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सोधपुछ थालेको छ। कास्कीका मालपोत अधिकृतको सरुवासँग जोडिएको घुस अडियो प्रकरण सार्वजनिक भएपछि गुप्ता आलोचनाको घेरामा परेका थिए र अन्ततः उनले पदबाट राजीनामा दिएका थिए।

आयोगका अनुसार गुप्तासँग भएको सोधपुछका क्रममा अनुसन्धान टोलीले सार्वजनिक अडियोको सत्यता पुष्टि गर्न उनका आवाजको नमुना (भ्वाइस सेम्पल) लिन लागेको छ। “उहाँसँग अनुमति लिएर सोधपुछकै क्रममा आवाज रेकर्ड गरिन्छ,” अख्तियार स्रोतले जानकारी दियो, “त्यसलाई केही दिनअघि बाहिरिएको अडियोसँग मिलाएर विश्लेषण गरिनेछ।”

गत साता सार्वजनिक भएको अडियोमा गुप्ताजस्तै आवाज भएको एक व्यक्ति र एक विचौलिया भनिएको व्यक्ति बीच मालपोत अधिकृतको सरुवा सेटिङबारे संवाद भएको सुनिन्छ। सो अडियो सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो। गुप्ताले आफूमाथिको आरोप निराधार रहेको दाबी गर्दै राजीनामा दिएका थिए।

अख्तियारले प्रारम्भिक अनुसन्धानपछि अब अडियो प्रमाणीकरणमार्फत सत्य तथ्य पत्ता लगाउने तयारी गरेको छ। स्रोतका अनुसार गुप्तासँगको सोधपुछ मात्र नभई अन्य व्यक्तिसँग पनि क्रमिक रूपमा जानकारी संकलन गरिनेछ। पूर्वमन्त्री गुप्तासँगको सोधपुछले सार्वजनिक भएको अडियो प्रकरण नयाँ मोडमा पुगेको छ। अख्तियारले अब प्रमाण पुष्टि गरेर कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएको छ। यदि अडियो परीक्षणले मिलान देखायो भने, यो मुद्दा थप गम्भीर मोडमा जान सक्ने देखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop