जोडिनुहोस
  • होमपेज
  • भारत सरकारको सहयोगमा बन्ने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको लागि समझदारी पत्रमा हस्ताक्षर

भारत सरकारको सहयोगमा बन्ने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ— भारत सरकारको अनुदान सहयोग अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यी परियोजनाहरुको कुल अनुमानित लागत करोड रहेको छ । यी पाँच परियोजनाहरु क्रमशः ९१० धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवनको निर्माण, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालयको निर्माण, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास तथा पुस्तकालयको निर्माण र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवनको निर्माण रहेका छन् । यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिका सहित नेपाल सरकारका स्थानीय निकायहरु तथा संस्थाहरु मार्फत गरिनेछ ।

यी संरचनाहरुको निर्माणले नेपालका जनतालाई राम्रो शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले आज समझदारी पत्रमा हस्ताक्षर भएका पाँचवटा परियोजनाहरुसहित नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । यीमध्ये भुँइतहमा नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा ४९६ परियोजनाहरु सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।

। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको सशक्तिकरणका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

 

धेरै टिप्पणी गरिएका