जोडिनुहोस
  • होमपेज
  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक जारी

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक जारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा जारी छ ।

आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने समितिको कार्यसूची रहेको छ । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्तिध् दिनुपर्ने व्यवस्थामा समितिमा सहमति जुटन सकेको छैन ।

समितिले निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको छ । सांसदहरुले निश्चित अवधि तोकेर निजी विद्यालयलाई गैरनाफामुलक गुठीमा लैजानुपर्ने भन्दै संशोधनपनि दर्ता गरेका थिए । तर, समितिले वर्ष नतोकि क्रमशस् गैरनाफामुलक बनाउँदै लैजाने भन्नेमा सहमति जुटाएको छ ।

प्रस्तावप्रति असहमति राख्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । उनीहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने र पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

त्यस्तै, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने उनीहरुको भनाइ छ । नवप्रवेशी शिक्षकहरूले अन्तर प्रदेश र अन्तर पालिका सरुवाको समयमा पनि विवाद छ । विधेयक पारित हुन ढिला भएको भन्दै नेपाल शिक्षक महासंघले भने आन्दोलनको चेतावनी दिएको छ । पूर्व सहमति अनुसार विधेयक नआएको महासंघको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots