
भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
बिहीबार अनेरास्ववियुले प्रदर्शन गर्दै मसाल जुलुस समेत निकालेको हो ।
भारत र चिनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।





































