जोडिनुहोस
  • होमपेज
  • भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालको ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ कार्यक्रम सम्पन्न

भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालको ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ कार्यक्रम सम्पन्न

भारतीय दूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर कार्यक्रम गरेको छ ।

शुक्रबार भएको कार्यक्रमलाई आगामी फागुन ७ र ८ मा भारतको नयाँ दिल्लीमा हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि—समिटको रूपमा मान्यता दिइएको छ ।

उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्र मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो ।

कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।

काठमाडौंमा आयोजित प्रि—समिट कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिको रूपमा आसीन थिए । उनले नेपाल सरकारको एआईसम्बन्धी पहल र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरेका थिए ।

पूर्ण सत्रमा राजदूत नवीन श्रीवास्तवले भारतको एआई फर अलुको दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गरेका थिए । राजदूत श्रीवास्तवले एआई इम्प्याक्ट समिटको उद्देश्य एआईसम्बन्धी विश्वव्यापी व्याख्यालाई परिवर्तन गर्नु रहेको बताए ।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागले एआई फर अलुको भावनाअनुरूप भारतमा सार्वजनिक सेवाको रुपान्तरणमा भाषिणीको भूमिकाको विषयमा जानकारी दिएका थिए ।

उनले विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू समेत प्रदर्शन गरेका थिए ।​ अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराएका थिए ।

त्यसपछि एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा सुरेश पोखरेलले लेभरेजिङ एआई फर नेपाल्स ग्रोथु विषयक एक विज्ञमण्डलको छलफल सञ्चालन गरेका थिए ।

यस विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव आदेश खड्काले नेपालका लागि एआई नीति विकास गर्नुपर्ने बताएका थिए ।​ रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलबारे चर्चा गरेका थिए ।

वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकका लागि एआई प्रमुख हुनसक्नेबारे चर्चा गरेकी थिइन् । यस्तै, अमिताभ नाग र अनिर्बान शर्माले भारतको एआई क्षेत्रका अनुभव साटेका थिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका