जोडिनुहोस
  • होमपेज
  • गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा

गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा

नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए । एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि समितिबाट राजीनामा दिएका हुन् । उनले समितिको भूमिकालाई नजरअन्दाज गरिएकाले आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले बताए । उनले अब समितिमा बस्नुको अर्थ नभएकाले आजैदेखि लागू हुने गरी समितिमा नबस्ने निर्णय गरेको बताए । उनले राजीनामा समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमा पठाइसकेको बताए । समिति संयोजकलाई लिखित राजीनामा अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries