जोडिनुहोस
  • होमपेज
  • नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान

नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान

पाकिस्तानमा भएको ८औँ इन्टरन्याशनल पाकिस्तान आर्मी टिम स्पिरिट (पिएटीएस) सैन्य अभ्यासमा स्वर्ण पदक जितेर नेपालको गौरव बढाउने नेपाली सेनाको टोलीलाई जङ्गी अंडामा सम्मान गरिएको छ।

प्रधानसेनापति महारथी अशोक राज सिग्देलले ११ सदस्यीय टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरे।

चैत २८ देखि २०८२ वैशाख ५ सम्म पाकिस्तानको पञ्जाव प्रान्त, खेरियानमा आयोजित उक्त अभ्यासमा १६ राष्ट्रका २४ टोली सहभागी थिए। शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशलमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गरेको थियो।

यो प्रतियोगिता सन् २०१६ देखि वार्षिक रूपमा हुँदै आएको छ। नेपाली सेनाले सन् २०२२ मा पनि स्वर्ण पदक जितेको थियो। सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत र अन्य दर्जाका सैनिकको उपस्थिति थियो।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?