जोडिनुहोस
  • होमपेज
  • उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु, दिल्लीसमेत प्रभावित

उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु, दिल्लीसमेत प्रभावित

काठमाडौं । बुधबार साँझ भारतको उत्तर प्रदेशसहित विभिन्न क्षेत्रमा आएको आँधीबेहरीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। आँधीका कारण उत्तर प्रदेशमा कम्तीमा १४ जनाको ज्यान गएको बीबीसीका संवाददाता सैयद मोजिज इमामले जनाएका छन्।

भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लामा मौसमसम्बन्धी सतर्कता जारी गर्दै थप जोखिमको सम्भावना औंल्याएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राहत तथा उद्धार कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

उत्तर प्रदेश मात्र होइन, राजधानी दिल्लीका विभिन्न क्षेत्रमा पनि आँधीको प्रभाव देखिएको छ। दिल्लीमा रूख ढलेर सवारी साधनमा क्षति पुगेको छ भने कतिपय स्थानमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। मेट्रो सेवा समेत प्रभावित भएको दिल्ली मेट्रो प्रशासनले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics