जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनावलाई नयाँ उचाइमा पुऱ्याउँदै इरानका तीन प्रमुख आणविक केन्द्रमाथि बमबारी गरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी सेनाले इरानको फोर्डो, नातान्ज र इसफाहानमा रहेका आणविक केन्द्रहरूमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले आक्रमणमा संलग्न सबै अमेरिकी विमानहरू सफलतापूर्वक आफ्नो मिसन पूरा गरी इरानी आकाशबाट बाहिरिसकेको बताएका छन् । ‘हाम्रा महान् अमेरिकी सेनालाई बधाई ! मिसन सफल भयो,’ उनले आफ्नो पोस्टमा लेखेका छन् । यो आक्रमणपछि विमानहरू अमेरिका फर्किसकेको पनि उनले जानकारी दिएका छन्।

यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले देशका विभिन्न भागमा ठूला विस्फोटका आवाज सुनिएको पुष्टि गरेको छ, तर विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । अमेरिकी घोषणाले विश्वभर तरंग पैदा गरेको छ । यो घटना इजरायल र इरानबीच जारी युद्धको पछिल्लो र सबैभन्दा खतरनाक अध्याय मानिएको छ ।

गत जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हालसम्म इरानतर्फ ६५७ जनाको मृत्यु भएको छ भने २,००० भन्दा बढी घाइते भएका छन् । उता, इजरायलमा पनि २४ जनाले ज्यान गुमाउँदा ९०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका