जोडिनुहोस
  • होमपेज
  • पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय, थापागाउँ ‘गुटगाउँ’

पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय, थापागाउँ ‘गुटगाउँ’

काठमाडौं । एमालेको संस्थागत निर्णय विपरीत पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएकी छन्। पार्टीले सदस्यता ‘होल्ड’ गरी रोक्ने प्रयास गरे पनि उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा लिएर आफू एमालेमै रहेको दाबी दोहोर्याएकी हुन्।

बिहीबार नयाँबानेश्वर थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले पार्टीभित्र समानान्तर राजनीतिक गतिविधि सुरु गरेकी छन्। समितिको संयोजक डोरमणि पौडेल रहेका छन् भने भण्डारी संरक्षक छिन्। उद्घाटन कार्यक्रममा पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताको उपस्थिति थियो।

भण्डारीले आफूलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने बताउँदै अध्यक्ष ओली नेतृत्वप्रति असन्तोष व्यक्त गरिन्। उनले पार्टी र सरकार दुवैमा सुशासन नआएको, दलहरू संस्थागत प्रणालीमा चल्न नसकेको टिप्पणीसमेत गरिन्। पोखरेलले पनि ओलीले जनताको बहुदलीय जनवाद (जबज)माथि आक्रमण गरेको दाबी गर्दै विचारको रक्षा गर्नुपर्ने धारणा राखे।

राजनीतिक वृत्तमा थापागाउँ अहिले ‘गुटगाउँ’का रूपमा परिचित बन्दै गएको छ। यहाँ नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) निकट महिला, युवा, प्रेस संगठनदेखि साहना प्रधान स्मृति प्रतिष्ठान र अन्य गुटगत कार्यालय सक्रिय छन्। पछिल्लो समय भण्डारी नेतृत्वको कार्यालय खुलेसँगै एमालेमै पनि प्रस्ट दुई धार देखिएको विश्लेषण गरिएको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?